मंसिर ८, काठमाडौं | नामिबिया भ्रमणको तयारी रहेको नेपालले भारतमा अभ्यास खेल खेलिरहेको छ ।
आज भएको पहिलो एकदिवसीय अभ्यास खेलमा दिल्ली डिस्ट्रिक क्रिकेट एसोसियसनलाई ३ सय ४ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको नेपापले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा ३०३ रन बनायो ।
जसमा कप्तान रोहित पौडेल १ सय १३ र दीपेन्द्रसिंह ऐरीले १ सय ९ रन बनाए । दिल्ली लागि प्रिन्स यादवले ४, अर्जुन रपरिया र आयुश सिंहले २/२ विकेट हात पारे ।
नेपालले आइसिसी विश्वकप लिग २ अन्तर्गत नामिबिया भ्रमण अघि भारतमा अभ्यास खेलेको हो ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!