पाँच बोरा सुगन्धवाल जडिबुटी बरामद

Posted on: 09 Sep, 2016


नरी बडु । भदौ २४, बैतडी | जिल्लाको दशरथचन्द नगरपालिका स्थित सेरा प्रहरी चौकिबाट खटिएको गस्ति टोलीले लुकाई–छिपाई भारत लैजान लागेको अवस्थामा पाँच बोरा अवैध सुगन्धवाल जडिबुटी बरामद गरेको छ ।

दनपा १२ को ढुङ्गड खोलाबाट उक्त परिमाणको जडिबुटी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अवैध रुपमा जडीबुटी भारत निकासि गरीरहेको अवस्थामा भारतको पिथौरागढ रिठेगडा घर बताउने उद्धव टमटा, बैतडीको दशरथचन्द नगरपालिका ६ का डम्मरराम कोली र दनपा ६ कै चरनराम कोलीलाई समेत प्रहरीले पक्राउ गरी जिल्ला वन कार्यालय बैतडीको जिम्मा लगाएको छ ।

उक्त पाँच बोरा सुगन्धवाल जडीबुटीको तौल ९५ किलोग्रम रह्ेको प्रहरीले बताएको छ । तस्करहरुबारे आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपि बालनरसिह राणाले बताए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!