बैतडीमा डिएसपि राणाको कडाई, गैरकानुनी धन्दावाला सजक

Posted on: 08 Sep, 2016

नरी बडु/भदौ २३, बैतडी । यसै महिनाको अर्थात भाद्र ९ गते काठमाण्डौँबाट सरुवा भई जिल्ला प्रहरी कार्यालय बैतडीको प्रमुखका रुपमा बैतडी पुग्नुभएका डिएसपि बालनरसिह राणाले कडाई गरेपछि गैरकानुनी धन्दा गर्ने व्यापारी सजक हुन थालेका छन् ।

राणा प्रहरी प्रमुखको रुपमा जिल्ला पुगे लगत्तै अपराधिक क्रियाकलापमा संलग्न व्यापारी तथा धन्दावालाहरु सजक हुन थालेका हुन् । गएको सोमबार मात्रै बैतडी प्रहरीले दशरथचन्द नगरपालिकाको एक खुद्रा पसलबाट लागुऔषध चरेष बरापद गरेको थियो ।

अन्य कुराहरुमा सान्त मानिएपनि बैतडी जिल्लाको सदरमुकाम लगायत ग्रामिण भेगहरुमा पनि लागुऔषध चरेसको व्यापार खुलेआम भएको पाईन्छ । अब त्यसरी धन्दा गर्ने व्यापारीहरु सजक हुन थालेका छन् । 

यस्तै डिएसपि राणाले बुधबार जिल्लामा संञ्चालन गरिएका होटल व्यवसायिहरुसंग बसि होटलमा आएका ग्राहकको स्पष्ट परिचय खुल्ने गरी इन्ट्री गर्नुपर्ने, जुवातास नखेलाउने, जुवातास खेलाउने र होटलमा गैरकानुनि धन्दा गर्ने व्यापारीलाई छड्के जाँज गरी कानुन अनुसार कारवाहि गर्ने, राति १० बजेको समयभित्र अनिवार्य रुपमा होटल बन्द गर्नुपर्ने लगायतका निर्णयहरु गरेका छन् ।

यो भन्दा अघिका डिएसपि मोहन प्रशाद पोखरेलले पनि नागरिकको प्रिय भएर बैतडीमा आफ्नो कार्यकाल विताएका थिए ।






यस बिषयमा तपाइको प्रतिक्रिया...!