बैतडीमा पनि मनाईयो निजामति सेवा दिवस

Posted on: 08 Sep, 2016


नरी बडु | भदौ २३, बैतडी । निजामति सेवा दिवस विभिन्न कार्यक्रमका साथ बैतडीमा पनि मनाईएको छ । स्थायी सरकार भनेर चिनिएको निजामति प्रशासनमा कार्यरत कर्मचारीहरूले  बुधबार १३ औं निजामति सेवा दिवस मनाएका हुन् । 

प्रभातफेरी, जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण, हाजिरिजवाफ प्रतियोगीता लगायतका कार्यक्रम सम्पन्न भएका छन् ।  

निजामति कर्मचारी दिवस मूल समारोह समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीको अध्यक्षतामा कार्यक्रमको आयोजना  गरिएको हो ।  

जिल्ला स्थित विभिन्न कार्यालयमा कार्र्यरत कर्मचारीहरुले विहान गाठालापानी देखी प्रभातफेरी निकालेका थिए भने जिल्ला अस्पतालमा उपचारत विरामीहरुलाई फलफूल वितरण गरेका थिए । 

प्रजिअ चौधरीले जिल्ला अस्पतालमा उपचाररत विरामीहरुलाई फलफूल वितरण गर्नुभएको थियो । अस्पतालमा प्रसूति गराउन आएका महिला तथा अन्य बिरामीलाई स्याउ, केरा लगायत तागतिला फलफूल वितरण गरिएको अस्पतालले जनाएको छ । 

नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । 

विक्रम सम्वत् २०१३ साल भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामति दिवस मनाउन थालिएको हो । अहिले नेपालमा करिब ८३ हजार  निजामती कर्मचारी कार्यरत छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!