सुनसरीको इटहरी जलमग्‍न, ४० घर डुवानमा

Posted on: 28 Jun, 2022

असार १४, काठमाडौं | सुनसरीको ट्याङ्ग्रा खोला र खेतिखोलामा आएको बाढी बस्तीमा पसेपछि इटहरी उपमहानगरपालिका जलमग्न भएको छ।

बाढीका कारण ४० भन्दा बढी घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन् । ट्याङ्ग्रा खोलाको बाढी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरि खोला नियन्त्रणको काम थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादबले बताए ।

लगातारको वर्षातका कारण इटहरिको मुख्य बजार क्षेत्र डुवानमा परेको छ । इटहरिको ४,५,९, १० र १२ वडाका दर्जन बस्ती डुवानमा परेका छन् । बाढी बस्तीमा पसेपछि यातायात अवरुद्ध भएको छ। 

प्रमुख जिल्ला अधिकारी यादबले बाढीबाट धनजनको क्षति हुन नदिन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!