खुद्रा पसलबाट लागुऔषध बरामद

Posted on: 06 Sep, 2016

नरी बडु/भदौ २१, बैतडी । बैतडीको दशरथचन्द नगरपालिका ८ को एक खुद्रा पसलबाट प्रहरीले लागुऔषध (चरेश) बरापद गरेको छ ।

दनपा को वडानम्बर ८ त्रिपुरा बस्ने योगेन्द्र कुमार थापाको खुद्रा पसलबाट १५० ग्राम लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीको संञ्चार साखाले जनाएको छ ।

संकाको आधारमा खानतलासी गर्दा योगेन्द्रले खुद्रा पसलको काउन्टरमा लुकाई–छिपाई राखेको अवस्थामा उक्त लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए ।

प्रहरीले योगेन्द्र पक्राउ गरी उनि विरुद्ध लागुऔषध एन अन्र्तगत मुद्दा दर्ता गरी जिल्ला अदालत बैतडीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!