पहिरोका कारण डुम्रे–वेशिसहर सडकखण्ड अवरुद्ध

Posted on: 10 Jun, 2022

जेठ २७, तनहुँ | डुम्रे–बेशिशहर सडकखण्ड अन्तर्गत तनँहुको भानु नगरपालिका–३ कुरकुना र १ रमाईलोडाडाँमा गएराति पहिरोसँगै रुख ढलेका कारण उक्त सडक अवरुद्ध भएको छ । 

मध्यरातीबाट अवरुद्ध सडक जेसीवीको सहयोगमा खुलाउने पहल भइरहेको प्रहरी चौकी तुरतुरे तनँहुले जनाएको छ । 

पहिरो झर्ने क्रम नरोकिएका कारण सडक सुचारु गर्न अप्ठेरो परेको जनाइएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!