चितुवाको आक्रमणमा परेकी बालिकाको शव भेटियो

Posted on: 04 Sep, 2016

नरी बडु/भदौ १९, बैतडी  । चितुवाको आतंकित क्षेत्रका रुपमा चिनिएको बैतडीको तल्लोस्वराड क्षेत्रमा शनिबार साझँ चितुवाले आक्रमण गरी वेपत्ता वनाएकि बालिकाको सव भेटिएको छ । 

तल्लोस्वराड क्षेत्रमा पर्ने उदयदेव गाविस–२ का हीरा चन्दकी ४ वर्षिय छोरी अञ्जली चन्दलाई शानिबार साँझ ७ बजे चितुवाले आक्रमण गरी जंगलतर्फ लगेको थियो ।

अञ्जलीको सव आईतबार बिहान करीब ११ बजेतिर उदउदेव गाविस ६ मा पर्ने रल्याल खोलामा टाउको र सरीर अलग भएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख बालनरसिह राणाले बताए ।

यस अघि भदो ४ गते पनि चितुवाको आक्रमणबाट सोही गाविसकी ७ वर्षिय वालिका चन्चला चन्दको मृत्यू भएको थियो । बैतडीको तल्लोस्वराड क्षेत्रमा चितुवाले तिन वर्षको अवधिमा २२ जनाको ज्यान लिसकेको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!