प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर

Posted on: 17 Jan, 2022

माघ ३, जनकपुर |  प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । आज (सोमबार) भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् ।

सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर कायम भएको घोषणा गरे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!