उपचार अभावमा सिम्लीमा गर्भवतिको मृत्यु

Posted on: 21 Aug, 2016

गणेश शिर्पाली/भदौ ५, रुकुम । आर्थीक अभावमा समयमै उपचार नपाउँदा रुकुममा एक गर्भवति महिलाको ज्यान गएको छ ।

आर्थीक अभावका कारण समयमा उपचार नपाएर सिम्ली ९ हाँसिवाङकी ४१ वर्षिया पवि ओलीको आज विहान मृत्यू भएको हो । 

पारिवारिक श्रोतले दिएको जानकारी अनुसार ओलीलाई तोकिएको दिनभन्दा झण्डै १ महिना अगाडीनै हिजो अपरान्ह ४ बजेदेखी ब्यथा सुरु  भएको थियो । 

सुत्केरी व्यथा लागेको झण्डै ११ घण्टापछि जिल्ला अस्पताल ल्याउँदै गर्दा ओलीको बिहान ३ बजे छिवाङ ७ लोरिवाङमा मृत्यु भएको हो । 

ओलीका यसअघिनै ५ छोरी र १ छोरा रहेका छन् । आर्थीक अभाव र चेतनाको अभावमा व्यथा लाग्ने वित्तिकै स्वास्थ्य संस्थामा पु¥याउन नसक्दा ओलीको मृत्यु भएको हो । ओली परिवारको आर्थीक अवस्था निकै कमजोर रहेको बताईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!