पत्रकार महासंघ पाँचथरको वेभ साइड सुरुवात, पत्रकारको निशुल्क बीमा

Posted on: 09 Sep, 2021

कमल घिमिरे । भदौ २४ । पाँचथर  नेपाल पत्रकार महासंघ जिल्ला शाखा पाँचथरले आफ्नो वेभ साइडको सुरुवात गरेको छ । www.fnjpanchthar.org नामको वेभ साइड महासंघको भवनमा एक कार्यक्रमको आयोजना गरी कार्यक्रमका प्रमुख अतिथि फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङले उद्घाटन गर्नुभएको हो । 

 महासंघले पाँचथर शाखामा आवद्ध ८३ जाना पत्रकारको ५ करोड ८१ लाख बराबरको दुर्घटना बिमा समेत गरिदिएको छ । एक नम्बर प्रदेशका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबोले बिमाशुल्क रकम सहयोग गर्नुभएको  हो  । महासंघले आगामी २ वर्ष पत्रकारहरुको क्षमता अविबृद्धी गराउने उद्देश्यले तालिम वर्ष समेत मनाउने भएको छ । 

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुण्य प्रसाद ढकाल, पत्रकार महाँसंघ एक नम्बर प्रदेश उपाध्यक्ष लवदेव ढुंगाना, पुर्व सभापती लक्ष्मी गौतम,लेखनाथ खतिवडा लगायते शुभकामना मन्तव्य राख्नुभएको थियो । 

कार्यक्रम फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ को प्रमुख आथित्यता र नेपाल पत्रकार महासंघ पाँचथर अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!