पाँचथरमा पुर्ण लकडाउन गर्न माग

Posted on: 06 Aug, 2021

कमल घिमिरे । श्रावण २२ । पाँचथर , पाँचथर जिल्लामा पुर्ण रुपमा लकडाउन गर्न माग गरिएको छ । 

सदरमुकाम फिदिम बजारको युवा व्यवसायीहरुको अगुवाइमा जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै लकडाउनको माग गरिएको हो । स्थानीय प्रशासनले गत बैशाख २७ गते देखीनै निशेधाज्ञा जारी राखेपनि कार्यान्वयन फितलो भई अत्यावश्यक सेवाका नाममा भिडभाड बढेर  कोरोना संक्रमण धेरै मात्रामा फैलिरहेकोले पुर्णरुपमा लकडाउन गर्नुपर्ने व्यवसायीहरुको माग रहेको छ । 

ज्ञापन पत्रमा साउन २२ देखी कम्तीमा १० देखी १५ दिन सम्म लकडाउन गरी जिल्ला भित्रिने नाकाहरु समेत बन्द गरिनुपर्ने साथै यातायतका साधा बैँक तथा वितिय संस्था पुर्ण रुपमा बन्द गरिनुपर्नै भनिएको छ । 

 माग पुरा नभए सबै किसिमका पसल खोलेर विरोध गरिने चेतावनी व्यवासायीहरुले दिएका छन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!