पाँचथरमा पहिरोले पुरेर शिक्षकको मृत्यु

Posted on: 21 Jun, 2021

कमल घिमिरे।असार ७। पाँचथर, पाँचथरको याङवरक गाँउपालिकामा गएको पहिरोमा पुरिएर शिक्षकको  मृत्यु भएको छ ।

याङवरक २ स्थित नुवाखोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ बर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

पहिरोमा परेर खड्ग प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हात काटेको वडा बताइएको छ ।  ‘चार जना भएर    कुलो सोरिरहेका अवस्थामा माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लिएको हो । पहिरोबाट निकाल्दा उनको सामान्य ढुकढुकी भएपनि एकैछिनमा उनको ज्यान गएको वडा सदस्य हरी अधिकारीले जानकारी दिए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!