काठमाडौँको आकासमा विहानैदेखि जहाज घुमेको-घुम्यै ! छिनमै बस्छ, छिनमै उड्छ किन ?

Posted on: 21 Jun, 2021

असार ७, काठमाडौं । बिहानैदेखि काठमाडौँको आकासमा हिमालय एयरलाइन्सको जहाज घुमेको घुम्यै गरेको दृश्य देखिएको छ । उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कहिले बस्ने त कहिले उड्ने गरिरहेको छ । 

कतिपयलाई यो दृश्यले अचम्म लाग्नु स्वभाविकै हो । प्राय हेलिकप्टरहरुले आकासमा राउण्ड लगाइरहेको दृष्य सामान्य हो तर अन्तराष्ट्रिय उडानले आकासमा चक्कर लगाईरहेको दृश्य एयर ट्राफिक जामको अवस्थामा वा अवतरणको क्रममा मौषम खरावीको अवस्थामा देख्न सकिन्छ । 

सोमबार काठमाडौँको मौषम सफा छ । एयर ट्राफिक जामको कुरा त झन् अहिलेको अवस्थामा हुने कुरै भएन । यस्तो अवस्थामा यस्तो किन भइरहेको छ ? प्रश्नको विषय हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौँको आकासमा बिहानैदेखि घुमिरहेको उडानको तालिका आइतबारनै तय भएको तालिका हो । काठमाडौँको आकासमा पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेका छन् । यसै कारणले आकासमा हिमालय एयरलाइन्सको अन्तराष्ट्रिय उडान घुमिरहेको छ ।


बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौका छोपेर आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । यसै कारणले छिनछिनमा उडान भईरहेको छ ।

केहि दृश्य हेर्नुहोस् । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!