आगलागीबाट घाइते वृद्धाको निधन

Posted on: 09 Jun, 2021
कमल घिमिरे।जेठ २६।पाँचथर, पाँचथरको फिदिममा भएको आगोलागीमा जलेर घाइते भएकी ७२ बर्षीय एक वृद्धाको मृत्यु भएको छ।
फिदिम नगरपालिका वडा नं. ४ जोरसालमा गत २४ गते भएको आगलागीमा परी घाइते भएकी तनमायाँ सापकोटाको उपचारका  क्रममा भद्रपुर अस्पतालमा गए राती निधन भएको हो । मृतकको शव फिदिम ल्याइँदै गरेको परिवारले जनाएको छ। 
 उपचारमा रहेका अन्य  २ छोरा दिनानाथ र मदन सापकोटाको अवस्था खतरामुक्त भएको  अस्पतालले परिवारजनलाई जानकारी दिएको छ ।
जेठ २४ गते दिवंगत भएका भगिरथ सापकोटाको किरिया बसेकोबेला ग्यास लिग भइ आगोलागी भएको थियो। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!