पाँचथरमा पिकप दुर्घटनामा परि २ जनाको मृत्यु

Posted on: 08 Jun, 2021

कमल घिमिरे।जेठ२५।पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिकामा पिकप दुर्घटनामा हुँदा २ जनाको मृत्यु भएको छ ।

 हिलिहाङ गाउँपालिका वडा नम्बर ७ स्थित मेचि राजमार्गको टारी नजिकै फिदिम बाट ताप्लेजुङको थेचम्बु जाँदै गरेको प्र१०१००१च७६९१ नम्बरको पिकप दुर्घटना भएको हो । दुर्घटनामा परि पिकप चालक ताप्लेजुङ पाथिभरा याङबरक २ का ३२ बर्षीय मिलन बिष्ट र सोही ठाउँ बस्ने २५ वर्षीय सिता अधिकारीको घटनास्थलमै मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ । 

  पिकप अनियन्त्रित भइ सडक बाट ५० मिटर तल झरी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी डम्बर विश्वकर्माले बताउनु भएको  छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!