यासोक-देउराली समाजको राहात अभियानमा रकम जम्मा हुँदै

Posted on: 02 Jun, 2021

कमल घिमिरे।जेठ १९।पाँचथर, पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका  र साविक आङ्सराङ गाविसका नागरिकलाई लक्षित गरेर अभियान चलाइएको महामारी आपतकालीन राहात साहायता कोषमा रकम जम्मा हुन थालेको छ।   जिल्लाको फाल्गुनन्दका वडा नं ६ र ७ कार्यक्षेत्र भएको उपत्यकामा रहेकाहरुको  सामाजिक संस्था   यासोक-देउराली  समाजले कोरोना महामारीबाट निशेधाज्ञाका कारण द‌ैनिक गुजारा चलाउन मुस्किल सो क्षेत्रका बासिन्दालाई  आपतकालिन राहात सहायता उपलव्ध गराउने उद्देश्यले स्थापना गरेको कोषमा दुई दिनमा पचास हजार माथि रकम जम्मा भएको  छ ।   उपत्यकामा जारी कडा निषेधाज्ञाका कारण बैंक र आवतजावत बन्द भएका कारण अभियान संचालनमा समस्या भएको समाजका  सचिव बिन्देश्वर खनालले बताउनुभयो  । सो कोषमा मंगलबारसम्म समाज कल्याण परिषदका उपाध्यक्ष डा.पद्मप्रसाद खतिवडाबाट स्व.पिता भूमिनन्द खतिवडाको स्मृतिमा १५ हजार,पूर्व सभासद भीष्मराज आङ्देम्वेबाट ५ हजार,अध्यक्ष डा.रामकृष्ण खतिवडा,उपाध्यक्ष पदम फेवादिन र कोषाध्यक्ष भवानी निरौलाबाट ५/५ हजार,अभियानका संयोजक भीम सम्वाहाम्फेबाट ५ हजार ५ सय ,सहसचिव गंगा रिजालबाट ४ हजार, सूर्यबिक्रम चेम्जोङबाट ११ हजार र यादव खनालबाट ७ हजार ५ सय रुपैयाँ जम्मा भएको कोष परिचालन उपसमितिका संयोजक  कोषाध्यक्ष भवानी निरौलाले जानकारी दिनु भएको छ । 

कोषमा संकलित रकमबाट पाँचथर जिल्लाको साविकका आङसराङ,माङजाबुङ,यासोक रानीगाउ,स्यावरुम्वाबाट उपत्यकामा रहेका नागरिकहरुलाई राहात र स्थानीय कुम्मायक गा. पा. र फाल्गुनन्द गा पा को वडा नं ६ र ७ मा राहात र स्वास्थ्य सामाग्री लगायतको सहयोग गरिने लक्ष रहेको समाजका सचिव  खनालले जानकारी      दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!