उच्च करले पेट्रोलियम पदार्थ महँगो, कुन-कुन शीर्षकमा लिइन्छ कर ?

Posted on: 18 May, 2021

जेठ ४, काठमाडौं । कोभिड महामारीबीच नेपाल आयल निगमले आइतबार पेट्रोलियम पदार्थको मूल्य बढायो । 

पेट्रोलको मूल्य लिटरको १२३ रुपैयाँ डिजेल  तथा मट्टितेलको मूल्य १०६ रुपैयाँ पुगेको छ । महामारीका बीच जनतालाई राहत दिनुपर्ने बेला मूल्य बढाएको भन्दै निगमको आलोचना भएको छ ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र कुमार पौडेलले अन्तराष्ट्रिय बजारमै बढेकाले यहाँ पनि मूल्य बढाउनुपरेको तर्क गरे ।

निगमको कारण भन्दापनि अन्तर्राष्ट्रिय मूल्य र करको कारण महँगो भएको उनको भनाइ छ । 

आजको नागरिक दैनिक लेख्छ–सरकारले इन्धनमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, सडक मर्मत सम्भार शुल्क, प्रदुषण कर लिने गरेको छ । 

यसका अतिरिक्त निगमले ढुवानी खर्च, बिक्रेताको नाफा, निगमको व्यवस्थापन खर्च, मूल्य स्थिरिकरण कोषलगायत जोडेर भाउ निर्धारण गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!