बलात्कारको झुटो आरोप लगाउने महिला पक्राउ, १० दिन कैद र एक हजार जरिबाना हुने

Posted on: 21 Mar, 2021

चैत ८, बाँके | बलात्कारसम्बन्धी झुटा मुद्दा दर्ता गराएको आरोपमा अदालतबाट सजाय तोकिएकी बाँकेको कोहलपुरकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेकी महिलाले कोहलपुरका एक युवकलाई जबरजस्ती करणी गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकि थिइन् । उक्त मुद्दा झुटो साबित भएपछि अदालतले ति महिलालाई १० दिन कैद र एक हजार रुपैयाँ जरिबाना तोकेको थियो । प्रहरीले उनलाई पक्राउ गरेको छ । 

ति महिलालाई २०७३ कात्तिक ७ गते अदालतले सजाय तोकेको थियो । फरार रहेकी महिलालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!