बैतडीमा तीन दिनदेखि बेपत्ता एक व्यक्ति मृतावस्थामा फेला

Posted on: 17 Mar, 2021

चैत ४, बैतडी (रासस) । तीन दिनदेखि बेपत्ता रहेका बैतडीका एक व्यक्ति आज मृतावस्थामा फेला परेका छन् । 

मृतावस्थामा फेला पर्नेमा जिल्लाको दोगडाकेदार गाउँपालिका–८, कालागाउँ बस्ने ४२ वर्षीय नरेश विष्ट रहेका छन् ।

विष्ट सुर्नया गाउँपालिका–६, सुर्नया खोलाको किनारमा मृतावस्थामा फेला परेको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।   

चैत २ हरिद्वार जान्छु भनी घरबाट हिँडेका विष्ट आज बिहान मृत भेटिएका हुन् । उहाँले भन्नुभयो, “घटनाको प्रकृति हेर्दा भिरबाट लडेको जस्तो देखिन्छ ।

” मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!