बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

Posted on: 08 Nov, 2020

कात्तिक २३, बैतडी | बैतडीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ |  ग १ ज ५१९२ नम्बरको बोलेरो जीप पल्टिँदा जीप धनी वीरबहादुर कुँवरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए |

दुर्घटनामा दोगडाकेदार गाउँपालिका-३ श्रीकोटका जीप चालक दीपक चन्द घाइते भएका छन् | उहाँको जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए |

यस बिषयमा तपाइको प्रतिक्रिया...!