बैतडीका प्रधानाध्यापकको हत्याको आशंकामा पाँच जना प्रहरी नियन्त्रणमा

Posted on: 06 Nov, 2020

कार्तिक २१, बैतडी | दार्चुलाको गोकुलेश्वरमा मृत भेटिएका बैतडीको डिलाशैनी गाउँपालिका–२ कपट्टाका प्रधानाध्यापकको हत्याको आशंकामा दार्चुला प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ |

कार्तिक १८ गते शैल्यशिखर नगरपालिका–९ जगतपुरी शिवधाम नजिक भिरपट्टी आरसीसी नहर (कुलो) मा नहर भित्र टाउको र नहर बाहिर हात रहेको अवस्थामा ४० वर्षीय गोबिन्द घरेडी भेटिएका थिए | उनी डाडाबाग आधारभुत विद्यालय किमिचोर डिलाशैनी गाउँपालिका वडा नं. २ कपट्टाका प्रधानाध्याप हुन् |

मृतकको टाउँकोमा धारीलो हतियार प्रहार भएको जस्तो देखिने घाउँ र शरीरमा निलडाम रहेकाले हत्या भएको आशंका गरिएको थियो । मृतकका आफन्तले गोकुलेश्वरमा पोष्टमाटम रिर्पोट सहि आउनेमा आफुहरु विस्वस्त नभएको भन्दै जिल्ला अस्पताल बैतडी लगेर पोष्टमार्टम गरेका थिए |

घटना संकास्पद देखिएपछि प्रहरीले अनुसन्धानका लागि मृतकसंगै गोकुलेश्वर आएका चार जना र गोकुलेश्वरमा दिउँसो खाना खाएको होटलका सञ्चालकलाई पनि नियन्त्रणमा लिएर जिल्ला अदालत दार्चुलाबाट एक हप्ताको म्याद थप गरेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!