क्वारेनटानमा बसेका बृद्धको मृत्यु

Posted on: 18 Jul, 2020

पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको सामुदायिक क्वारेन्टाईनमा बसेका बृद्धको मृत्यु भएको छ । 

पैंयु गाउँपालिका वडा नं ६ का ५२ बर्षिय यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजादा मृत्यु भएको हो । जनसेवा संस्कृत माथि हुवासमा रहेको क्वारेन्टाईनमा बसेका बेला शुक्रबार साँझ अकस्मात ढलेपछि उनलाई उपचारका लागि गण्डकी स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा लगिएको थियो । अस्पतालमा पुगेपछि उनलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिनुभयो । 

मृतक भारती भारतबाट असार १६ गते कुस्मा आएका थिए भने कुस्माको पुलिङ क्वारेन्टाईनमा बसेका थिए । असार २३ गते कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि २४ गते दुई हप्ताका लागि सामुदायिक क्वारेन्टाईनमा राख्न २४ गते हुवास पठाइएको थियो । मृतक पछिल्लो समय रुपन्देहीको खैरेनीमा बसाई गएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!