अबैधरुपमा नदी दोहनले बस्ती नै जोखिम

Posted on: 25 Nov, 2019


पर्वत । अबैध रुपमा नदी दोहनले बस्ती नै जोखिममा परेको छ । मोदी गाउँपालिकाको मोदीखोला, पातिखोला र रतिखोलामा अबैधरुपमा दोहन शुरु भएको हो ।

 वडा अध्यक्षहरु नै ठेकेदारसँग मिलेर खोला दोहन गर्न लागेको स्थानीयबासीहरुले गुनासो गरेका छन् । रक्षक नै भक्षक भए जसका कारण गाउबस्ती नै जोखिमा परेका छ स्थानीयबासीले भने ।

रतिखोलाबाट अबैध रुपमा बालुवाटा, ढुंगा निकाल्ने र खोलामै क्रसर संचालन गर्न ठेकेदारसँग मिलेर वडाअध्यक्षहरु लागि परेको स्थानीयहरुले बताएका छन् । वडाअध्यक्षहरुले नै बालुवा तस्करसँग मिलेर क्रसर र स्काभेटरमा लगानी गरेको स्थानीयहरु बताउँछन् ।

मोदी गाउँपालिका ६ तिलाहारको रतिखोलामा अबैध रुपमा क्रसर नै संचालन गरि नदीजन्यबस्तु रातारात पोखरा, बागलुङ पु¥याउने गरिएको स्थानीयबासीले बताएका छन् । खोलामा अबैधरुपमा उत्खनन् गर्दा  थामार्जुन गाउँ नै जोखिमा परेको स्थानीयबासी बताउँछन् ।

गाउँपालिकाका प्रशासकीय अधिकृत कुमानसिङ गुरुङले अबैध रुपमा संचालन भएको क्रसर रोक्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!