पहिरो पीडितलाई घर

Posted on: 25 Nov, 2019


पर्वत । पर्वतको जलजला गाउँपालिकाका पहिरो पीडितलाई अन्तराष्ट्रिय पर्वत सेवा समाजले घर बनाइदिएको छ ।

२०७५ साल साउन २ गते आएको पहिरोका कारण घरवारविहिन भएका तीन परिवारलाई उक्त समाजले घर निर्माण गरिदिएको हो । 

पहिरोमा परि १ जनाको ज्यान गएको थियो भने १५ घरपरिवार विस्थापित भएका थिए ।

 समाजले वडा न. ८ नाग्लीवाङका टेकबहादुर परियार, रुपा परियार र वडा न. ७ धाइरिङका भीमलाल आचार्यलाई घर हस्तानतरण गरेको हो । कुल १४ लाख १९ हजार ४ सय ३५ मा घर निर्माण भएको हो ।

नयाँ घर पाएपनि आफ्नो मनमा अझै पनि खुसि भने नर्फिर्कएको पीडित रुपा परियारले बताइन ।

सहयोगी दाताहरु घर बनाइदिनुभयो तर गुमेको छोराका कारण आफ्ना मन अझै पनि अमिलो भइरहेको उनले दुखेसो पोखिन । समाजले घर निर्माण गरिदिए पनि अझै पनि पहिरोको जोखिम रहेको उनले बताइन ।


समाजका अध्यक्ष पुरन गिरीले समाजमा आवद्ध विभिन्न देशमा रहेका पर्वत समाजका भादृ संगठनको सहकार्यमा पहिरो पीडितको लागि घर निर्माण गर्न सकेको बताए । उनले अझै पनि पिडितहरु जोखिमा रहेको बताउँदै स्थानीय सरकारले हेर्नुपर्ने जिकिर गरे ।

जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण)ले गाउँपालिकामा सरकारी जग्गा नभएका कारण जोखियुक्त ठाउँमा नै पीडितको घर बनाउनु बाध्यता परेको बताए । उनले आगामी दिनमा गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!