चितवनमा प्रहरी र रवि लामिछानेका समर्थक बिच झडप

Posted on: 26 Aug, 2019

भदौ ९, चितवन | सोमबार  चितवनको हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा रवि लामिछानेका समर्थक र प्रहरीबीच झडप भएको छ । रबि लामिछानेका समर्थकले निषेधाज्ञा तोड्न खोजेपछि प्रहरीले एक दर्जन अश्रु ग्यास प्रहार गरेको छ । भने ३ जनालाई पक्राउ गरेको छ ।

झडपमा एउटा हाकिमचोक र जिल्ला प्रशासन कार्यालय चोकमा ट्रकमा प्रदर्शनकारीले तोडफोड गरेका छन् | जिल्ला प्रशासन कार्यालय चितवनले प्रहरी कार्यालय, अदालत, चौविसकोठी क्षेत्रमा सोमबार दिनभरीलाई निषेधित घोषणा गरेको छ । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा प्रहरीको नियन्त्रणमा रहेका लामिछाने, युवाराज कँडेल र अस्मीता कार्कीसँगको वयान सकिए पछि अहिले वहस सुरु भएको छ । आत्महत्यामा दुरूत्साहन कसुर प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!