गाउँपालिकाको वेबसाइटमा अध्यक्षको परिचय मात्रै

Posted on: 09 Jul, 2019

 कृष्ण बिष्ट | असार २४, बैतडी | बैतडीका १० वटै स्थानिय तहहरुले वेब साइट सञ्चालनमा ल्याएपनि नियमितता नदिएको पाइएको छ । वेबसाइटहरुमा सम्बन्धित स्थानियतहहरुले गर्दै आइरहेका कार्यक्रमहरुको बारेमा अपडेट नगराउदा नियामितता नगरेको पाइएको हो । सुर्नया गाउपालिको वेबसाइटमा केहि पनि बपडेट गराएको छैन । गाउपालिका अध्यक्ष बिर बहादुर बिष्टको परीचय बाहेक कुनै पनि जानकारी अवडेट नगराएको पाइएको छ ।  अध्यक्ष बिष्टको परीचय खुल्ने जन्ममिती, शैक्षीक योज्ञता, राजिनित अनुभव लगायत सबै अपडेट गराइएको छ तर अन्य कुनै पनि अपडेट गराइएको छैन । 

अन्य स्थानिय तहहरु लामो समय देखि बिना अपडेट खाली रहेका छ । जिल्लाको सिगास गाउपालिकाकोवेब साइट बिगत ९ महिना देखि वेबसाइटमा केहि कार्यक्रमको बारेमा बपडेट गराएको छैन । पाटन नगरपालिकाले पनि आगामी आर्थीक वर्षको निति तथा कार्यक्रम ल्याएर बजेट ल्याउने तयारीमा रहदा पनि नगरपालिकाले कुनै कार्यक्रमको वेबसाइड मार्फत जानकारी गराएको छैन ।

पुर्चाैडी नगरपालिकाले पनि बिगत ३  महिना देखि आधिकारीक वेबसाइटमा केहि पनि अपडेट गरेको छैन । नगरपालिका तथा गाउपालिकाहरुले सुचना अधिकारी तथा आइटि अफीसर नियुक्ती गरेर कार्य सम्पादन गरिरहेको बताए पनि जिल्लाका स्थानिय तहहरुले आफ्नो वेबसाइड सञ्चालनमा नियमितता दिएका छैनन । 

कुनै पनि स्थानिय तहहरुले कार्यपालिका बैठकबाट गरीएका निर्णयहरुको बारेमा समेत जानकारी गराउनु पर्ने भएपनि यहाका स्थानिय तहहरुले भने वेसबाइट सञ्चालनमा ल्याउन सकेका छन । सिगास गाउपालिकाले पनि आगामी आर्थीक वर्षको लागि निति तथा कार्यक्रम ल्याएपनि कुनै योजना तथा कार्यक्रमहरु जानकारी गराइएको छैन । 

इन्टरनेटको सुबिधा नहुदा बगाउपालिकाको गतिबिध अप्डेट गराउन नसकिएको सिगास गाउपालिकाका आइटी अफीसर टेकेन्द्र भट्टले जानकारी दिनुभयो ।

 यसरी दुर्गम क्षेत्रका स्थानिय तहहरुले इन्टरनेटको सुबिधा नभएकोले वेबसाइट सञ्चालनमा ल्याउन नसकेको बताएपनि इन्टरनेटको सुबिधा भएका स्थानिय तहहरुले वेबसाइट सञ्चालन गरेका छैनन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!