बैतडीको पुचौडी नगरपालिकाको कार्यालय सहित वडा कार्यालयहरुमा ताला बन्दी

Posted on: 08 Jul, 2019

कृष्ण बिष्ट | असार २३,  बैतडी | बैतडीको पुचौडी नगरपालिकाको कर्यालय र वडा कार्यालयहरुमा अज्ञात समुहले तालाबन्दी गरेको छ । नगरपालिका लगायत १० वटै  वडाहरुहरुमा अज्ञात समुहले  हिजो राति  तालाबन्दी  गरेको  हो । 

यस्तै  नगरपालिका अन्तगतका २ वटा वडाहरुमा संकास्पद बस्तुसमेत फेला परेको  वडा नं  ३ अध्यक्ष एवं नगर प्रवक्ता दल बहादुर  धामीले  जानकारी दिनुभयो ।वडा नं  ३ र  ५ को  कार्यालयमा रातो कपडाले  बेरेको  संकास्पद बस्तु फेला परेको  उहाँको  भनाइ छ ।  भेटिएको  संकास्पद वस्तु  अहिले सम्म निष्कृय पारिएको  छैन । 

पुचौडी नगरपालिकाको  कार्यालयमा लागेको  ताला  नगरप्रमुख र उपप्रमुखले पुरघाँट प्रहरिचौकि पुचौडि हाँटको  सहयोगमा ताला खोले पनि अन्य वडा कार्यालयमा तालाबन्दीनै  गरिएको नगरपालिकाले जनाएको  छ  ।  ताला कस्ले  लगायो  भन्ने  अहिले  सम्म पत्ता लागेको  छैन ।  

अहिले  नगरपालिकामा बैठक बसिरहेको  छ । यता जिल्ला प्रहरी कार्यालयका प्रहरिनायव उपरिक्षक डिल्ली नारायण पाण्डेयले भने नगरपालिकाका प्रत्येक वडाहरुमा लागेको ताला खोल्न पुरघाट प्रहरी चौकि हाँटलाइ  निद्रदेशन दिएको जानकारी दिनुभएको  छ ।  अन्य जिल्लाहरुमा नेत्र विक्रम चन्द नेकपाको  विप्लव समुहले  तालाबन्दी  गरिराखेकोले  बैतडीमा पनि विप्लवले  नै  गरेको  हुनसक्ने  आशंखा गरिएको  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!