सर्लाहीमा जीपको ठक्करबाट एक जनाको मृत्यु

Posted on: 06 Apr, 2019

चैत २३, सर्लाही -  सर्लाहीको बरहथवामा जीपको ठक्करबाट एक जनाकाे मृत्यु भएको छ ।

बरहथवा नगरपालिका वडा नं. १० का ७० वर्षीय महन्थ महरा चमारको शुक्रबार राति शाैच गर्न घरबाट बाहिर निस्केका बेला जीपको ठक्करबाट मृत्यु भएको हो ।

को २ च २१० नम्बरको स्कार्पियो जीपले ठक्कर दिएपछि गम्भीर घाइते भएका चमारलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता तथा डीएसपी प्रतित सिंह राठोरले जानकारी दिनुभयो ।

ठक्कर दिने जीप प्रहरी नियन्त्रणमा रहेको छ भने चालक फरार भएकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।  परीक्षणपछि मृतकको शव आफन्तले बुझेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!