सर्लाहीमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी हुँदा ६० लाख क्षति

Posted on: 04 Apr, 2019

चैत २१, सर्लाही | सर्लाहीमा आगलागी हुँदा झण्डै ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मलंगवा नगरपालिका-१०, मा रहेको शंकर गुप्ताको बाख्रा बाँध्ने गोठमा लामखुट्टे धपाउन बालेको घुरबाट आगो सल्किँदा ६ वटा पसलसमेत चलेर नष्ट भएका छन् ।

बुधबार राति भएको आगलागीले पसलहरुमा रहेको सरसमान जलेर ५९ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट मलंगवा नगरपालिकाको नारायण ठाकुर र प्रमोद शर्मा ठाकुरको काठको फर्निचर पसल, राज किसुन पंडितको काठको किराना पसल, हुसैनी मुकेरीको सिरक र डसना बनाउने काठको पसल, पिन्टु यादवको काठले बनेको बोर्डमा लेख्ने आर्टिस्ट पसल र शम्भु ठाकुर हजामको काठको सैलुन पूर्णरुपमा जलेर नष्ट भएको हो । 

आगलागीबाट ठूलो मात्रामा क्षति भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!