मृत्यू पर्खदै बैतडीका गोबिन्द सिंह धामी, प्राण रक्षाको याचना

Posted on: 01 Apr, 2019

नरी बडु | चैत्र १८, बैतडी | आर्थिक अभावमा आफुले मर्ने दिन गन्दै बस्दा कस्तो होला ? यो हरेक कसैले पछि सोच्दा आङ जिरिङ्ग हुन्छ र झट्ट पत्याउन पनि गाह्रो हुन्छ । तर बैतडीको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका गोबिन्दसिह धामी उपचार गर्न पैसा नहुदा आफ्नो मृत्यूका दिन गन्दै बसिरहेका छन् । 

अपाङ्गताका कारण आफ्नो शब्दहरु कसैसंग व्यक्त गर्न नसक्ने गोबिन्दको टाउको मा क्यान्सरको समस्या छ, जसका कारण उनि मृत्यूलाई पर्खि बसिरहेका छन् । बुवाआमाको साहारामा बाचिरहेका ५८ वर्षिय गोबिन्द आमाबुवा वितिसकेपछि गिट्टी र भारीको साहारामा दुई छाक धानीरहेका थिए । तर उनको टाउकोमा परेको घाउबाट भएको क्यान्सरले उनि यी सबै कामहरु गर्न सक्दैनन् अहिले । न काम गर्न सकिन्छ न कोही दाश्रो व्यक्ति साहारानै छ गोबिन्दको । 


बाच्ने आस त गोबिन्दलाई पनि छ तर उनि न आफु बोल्न सक्छन न कसैले उनलाई अहिलेसम्म सहयोग गरेको छ । गोबिन्दले व्यक्त गरेका साङ्केतिक शब्दमा उनले गरेको जिवन याचना प्रष्ट झल्किरहेको हुन्छ । उनि आफ्नो प्राण रक्षाका लागि सांकेतिक भाषामा सबैसंग आग्रह गर्छन तर उनलाई कसैलेपनि सहयोग गर्दैनन् । 

टाउकोमा भएको नाङ्गो घाउले गाबिन्द निकै समस्यामा परेको र तिनको प्र्राण रक्षाका लागि सरकार र सबैमा गाबिन्दले आग्रह गरेको स्थानीय बिरेन्द्र धामीले बताउनुभयो । 

नागरिकता र भोटरकार्ड पनि छ गाबिन्द संग गएको स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मत पनि खसाले उनले तर आफुभने मृत्यूको दिन गन्दै बसिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!