बैतडीलाई पुर्ण साक्षरता जिल्ला घोषणा गर्नमा ढिलाई

Posted on: 05 Jan, 2019

कृष्ण बिष्ट । पुस २१, बैतडी । बैतडी जिल्लालाई भदौमा नै पुर्ण साक्षरता जिल्ला घोषणा गर्ने भनीएपनि अहिले सम्म पुर्ण साक्षरता जिल्ला घोषणा गरीएको छैन । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरि राजमणी पोखरेल, प्रमुख अतिथीका रुपमा आउने भनेको  भएपनि उहाको उपस्थिति नहुने भए पछि पुर्ण शाक्षरता जिल्ला घोषणा गर्नमा ढिलाई भएको शिक्षा बिकास तथा सन्वय इकाई बैतडीले जनाएको छ ।

एक भब्य औपाचारीक समारोहका बिच शिक्षा मन्त्री पोखरेलको प्रमुख अतिथिमा गत भदौमा नै पुर्ण साक्षरता जिल्ला घोषणा गरीने  भनिएको भए  पनि ढिलाइ भएको छ । शिक्षा मन्त्रीको प्रमुख आतिथ्य रहने भएकाले उहाको  उपस्थीतीमा ढिलाइ भएको हुदा औपचारीक रुपमा  पुर्ण साक्षरता जिल्ला घोषणा गर्न ढिलाइ भएको शिक्षा बिकास तथा समन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र अवस्थीले बताउनुभयो ।  

शिक्षा बिकास तथा समन्वयको निर्देसनमा गत साउन मा नै जिल्लाका १० वटै स्थानियतहहरुले पुर्ण साक्षरता जिल्ला घोषणा गरेर सो को तथ्याङ् सिक्षा बिकास तथा समन्वय इकाइ बैतडीमा पेस गरीसकेका थिए । 

शिक्षा विकास तथा समन्वयका अनुसार जिल्लामा १५ देखि ६० वर्ष उमेरका कुल जनसंख्या (२ लाख ५० हजार २ सय २५) को ९६ प्रतिसत साक्षर छन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!