बैतडीमा आज्ञात व्यक्तीको कुटपिटबाट सुसुराको मृत्यु, बुहारि घाइते

Posted on: 24 Dec, 2018

कृष्ण विष्ट । पौष ९, बैतडी । बैतडीमा अज्ञात व्यक्तीले  कुटपिट गर्दा एक जनाको  मृत्यु भएको  छ भने  एकजना घाइते  भएका छन  । सिगास  गाउपालिका वडा नं ९ श्रीभाबर का ६० वर्षिय जसु बोहराको मृत्यु भएको  हो भने  उहाकै  बुहारि २१ वर्षिया  लक्ष्मी  बोहरा घाइते  भएकि छन  । 

हिजो  राति  करिब ९ :३० बजे घरमा कोहि नभएको  बेला आज्ञात  व्यक्तीले   निर्घात कुटपिट गर्दा ससुराको  मृत्यु भएको र आफु घाइते. भएको घाइते लक्ष्मी बोहराले बयान दिएको  इलाका प्रहरि कार्यालय  पाटनका  प्रहरि निरिक्षक गिन्द्र बहादुर बोकटिले जानकारि दिनुभयो । कसले कुटपिट गर्यो, के  कति कारणले कुटपिट गरियो, भन्ने  सत्य तथ्य प्रमाण फेला नपरेको   हुदा  घटनाको  थप  अनुसन्धान भइरहेको निरिक्षक बोकटिको  भनाइ  छ ।  प्रहरि अहिले  घटना स्थलमा अनुसन्धान गरिरहेको  छ ।  घटना घटेको घर  नजिक कुनै पनि अन्य घर  नभएको  प्रहरिले  जनाएको छ  । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!