दाङमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, अर्का एक गम्भीर घाईते

Posted on: 24 Dec, 2018

दाङ ९, पुस | दाङमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, भने एकजना गम्भीर घाईते भएका छन् ।

सोमबार बिहान साढे ११ बजेतिर बस र स्कुटर एक आपसमा ठोक्किदा स्कुटर चालक घोराही १८ का २९ बषीय मेघराज पुनको घटना स्थलमै मृत्यु भएको छ, भने सोही ठाउँका २५ बर्षीय महेश बुढा गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घोराहीको तुलसीपुर चोकबाट बसपार्क जाँदै गरेको रा ३ प १९७४ नम्बरको स्कुटर र बसपार्कबाट तुलसीपुर चोकतर्फ आउँदै गरेको लु २ छ १६०२ नम्बरको बस घोराही १४ लखनपार्क (घोराही हस्पिटल नजिक) ठोक्किदा गम्भीर घाईते भएका बुढाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

गाडि चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!