दाङमा विद्यार्थीहरु चढेको बस दुर्घटना, १६ जनाको मृत्यु (घाइतेहरुको नाम सहित)

Posted on: 21 Dec, 2018

पुष ६, दाङ । दाङको तलुसीपुर नगरपालिका ३ राम्री भन्ने ठाउँमा विद्यार्थी चढेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको छ ।

घोराहीको कृष्णसेन इच्छुक पोलिटेक्निकल इन्ष्टिच्युटका विद्यार्थी बोटनीसम्बन्धी प्राक्टिकलको भ्रमणको लागि सल्यानको छायाक्षेत्र गई फिर्ताहुने क्रममा बा ४ ख ९७६६ नम्बरको बस सडकबाट अन्दाजी ६/७ सय मिटर तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा ११ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि राप्ती अञ्चल अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । 

दुर्घटनास्थलमा ३ महिला १३ पुरुषको जम्मा १६ लास फेला परेको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा ३४ जना विद्यार्थी,२ शिक्षक र एक जना चालक रहेका थिए ।

दुर्घटनामा घाइते हुनेहरुको विवरण 

-जिल्ला जुम्ला तातोपानि गा.पा.१४ बस्ने बर्ष १८ कि हिमाली हमाल,

- ऐ चन्दनाथ गाउपालिका ३ बस्ने बर्ष १६ को कुशेन्द्र खत्री,

- जिल्ला दाङ घोउमनपा १५ रतनपुर बस्ने बर्ष १७ की समिक्षा रोकाया,

- जिल्ला अछाम मंगलसेन नगरपालिका बस्ने बर्ष १८ को बिक्रम भण्डारी,

- जिल्ला रुकुम त्रिबेणी गा.पा.३ बस्ने बर्ष १६ को प्रेम बहादुर खड्का,

- जिल्ला दाङ घोउमनपा १९ स्यूजा बस्ने बर्ष १७ की मेनुका रिजाल, नेपालगंज रिफर गम्भिर घाईते,

- जिल्ला जुम्ला चन्दनाथ गा.पा. २ बस्ने बर्ष १७ को जिबन भण्डारी,

- ऐ.ऐ. ४ बस्ने बर्ष १६ की पर्शा रोकाया,

- जिल्ला अछाम मंलगसैन नगरपालिका वडा नं. नखुलेको बर्ष १९ को यूवराज ढुंगाना, (अवस्था सिरियस)

- जिल्ला रुकुम सानोभेरी गा.पा. ३ बस्ने बर्ष १६ की रोजिना पुन,

यस बिषयमा तपाइको प्रतिक्रिया...!