दुईवटा मेडिकलमा आगलागी हुँदा एक करोड बराबरको औषधि जलेर नष्ट

Posted on: 06 Dec, 2018

मङ्सिर २०, बाँके | नेपालगञ्ज शिक्षण अस्पताल अगाडि रहेका दुईवटा मेडिकलमा बुधबार राति आगलागी हुँदा करिब एक करोड रुपैयाँ मूल्य बराबरको औषधि जलेर नष्ट भएको छ ।

सफा मेडिकल र माया फार्फेसीमा राति एक्कासी विद्यतु सर्ट भई आगलागी हुँदा औषधि जलेर नष्ट भएको पाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका इञ्चार्ज प्रहरी निरीक्षक नारायण डाङ्गीले जानकारी दिनुभयो ।

आगलागीको जानकारी पाएलगत्तै पुगेको प्रहरी टोली र स्थानीयले दमकलको सहायतामा आगलागी नियन्त्रणमा लिएको प्रहरी निरीक्षक डाङ्गीले बताउनुभयो । शिक्षण अस्पतालको अगाडि लागेको आगो तत्कालै नियन्त्रणमा लिइएका कारण ठूलो दुर्घटनाको जोखिमबाट बच्न सकेको प्रहरीले जनाएको छ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!