खोटाङको आधा दर्जन स्थानमा लोकल बस सञ्चालन

Posted on: 03 Oct, 2018

चिसाङ शेर्पा | असोज १७, खोटाङ | खोटाङमा दशै तिहारलाई लक्षित गरेर आधा दर्जन स्थानमा लोकल बस सञ्चालनमा आएको छ । हिउँदसगै सडकहरुमा भएको खाल्डाखुल्डी मर्मत गरिएपछि विभिन्न स्थानमा बसहरु सञ्चालनमा आएको हो ।

सम्बन्धित पालिका तथा त्यसका वडाहरुले आफ्नो स्थानमा बिग्रिएको सडकलाई मर्मत र सफा गरेपछि बस गुडाउन थालिएको हो । मंगलबार परिक्षणका रुपमा बस गुडाएपछि बुधबारबाट नियमित दिक्तेल–मात्तिम, खिदिमा, दिक्तेल–रेग्मीटार–रसुवाघाट, दिक्तेल–निर्मलीडाडाँ, दिक्तेल– जालपा र माक्पामा बस सञ्चालनमा आएको खोटाङ यातायात प्रालिका व्यवस्थापक रामकुमार हिङमाङले जानकारी दिए । जिल्लाका आन्तरिक सडकमा चल्ने सवारी साधनको भाडादर पनि पुरानै कायम गरिएको छ ।

यस्तै, खोटाङ यातायात प्रालिले दशै अगाडी नै दिक्तेल–वाक्सिला, दिक्तेल–चखेवाभन्ज्याङ, दिक्तेल–खार्मी, दिक्तेल–पाथेका, दिक्तेल–ऐसेलुखर्क, दिक्तेल–टेम्मा र दिक्तेल–पञ्चमीवजारमा बस सञ्चालनमा ल्याइने जनाएको छ । त्यसका लागि गाउँपालिका र नगरपालिका तथा वडाहरुले सडक बनाउनमा चासो दिनुपर्ने यातायात प्रालिले जनाएको छ । हाल आन्तरिक र बाह्यगरी खोटाङ यातायात प्रालिको दैनिक २२ वटा बस दिक्तेलबाट छुट्ने गरेका छन् ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!