निर्मला हत्या प्रकरणः अनुसन्धानको लागी २ दिदीबहिनी पक्राउ

Posted on: 25 Aug, 2018

भदौ ९, कञ्चनपुर । १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्या प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बालिकाको हत्याबारे अनुसन्धान गर्ने क्रममा उनिसंगै पढ्ने साथी १८ वर्षीया आँचल भनिने रोशनी बम र बबिता बमलाई पक्राउ गरिएको हो । उनीहरु दिदी बहिनी हुन् । भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै उनीहरु पक्राउ परेका हुन् ।

निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा लाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको थिएन ।

निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।

भोलिपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारको दाबी छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!