बझाङका १ शिक्षकले बच्चा जन्माउने औषधि गरिदिन्छु भन्दै जर्वरजस्ती गरेपछि...

Posted on: 29 Jun, 2018

टेकेन्द्र बोहरा/असार १५, बझाङ | बझाङको चिर बित्थड गाँउपालीका बडा न १ मा बच्चा जन्माउने औषधी गरीदिन्छु भन्दै जवरजस्ती करणी गरेपछी जिल्ला प्रहरी कार्यालय बझाङमा बिहिवार मुद्दा दर्ता भएको छ । 

जिल्लाको दुर्गम गाँउपालीका वित्थड चिर गाउँपालिकाको वडा ७ जनकल्याण आधारभुत विद्यालयका प्रधानाध्यापक खड्क विष्टले २३ वर्षकी कि नाम परिवर्तन (लक्ष्मी बिष्ट) लाई बच्चा जन्माउने औषधि गरिदिन्छु भन्दै जर्वरजस्ती करणी गरेपछी जिल्ला प्रहरी कार्याल बझाङमा मुद्दा दर्ता गरेकी छन । 


पिडीत  विष्टले भने आफुले बिहे गरेको ६ वर्ष बितिसक्दा पनि आफ्नो छोरा छोरी नजन्मेको र उपचारका लागी घर जादै गर्दा वाटोमा भेट भयो कताबाट आएको भनेर सरले सोधेपछि मैले औषधि गर्न गएको बताए । 

सरले मै उपचार गरिदिन्छु उपचार मैले उपचार गरीसकेपछी कती ठिक भै सके भनेपछि आफु बिस्वास गरेको पिडीतको भनाई छ । शिक्षक बिष्टले औषधि गर्न टाढा जंगलमा जानुपर्छ भने पछि घरबाट करिब आधा घण्टाको बाटो हिडेर जङ्गलतिर लगेको पिडित बिष्टले बताइन ।

 यता जिल्ला प्रहरी कार्यालय बझाङले भने बिष्टलाई अनुसन्धान भैरहेको बताएको छ रहेको जनाएको छ  ।पिडित बिष्टका श्रीमान रोजगारीको सिलसिलामा जिल्ला भन्दा वाहिर रहेका छन ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!