बैतडीमा भव्य रुपमा मनाईयो अन्तराष्ट्रिय नारी दिवस

Posted on: 08 Mar, 2018

नरी बडु | फागुन २४, बैतडी । बैतडीमा पनि १०८ औँ अन्र्तराष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमका साथ भव्य रुपमा सम्पन्न भएको छ ।  

बैतडीको जिल्ला सदरमुकाम दशरथचन्द नगरपालिका, साडा नेपाल अन्तरगत संचालन गरिएका एमआइडी  परियोजना, पहल कार्यक्रम ,सुआहारा, स्वदेश, महिला उत्थान केन्द्र, संजीवनी नेपाल र महिलाका क्षेत्रमा क्रियासिल रहेका विभिन्न समुह तथा सरोकारवालाहरुको साझेदारीमा देउडा प्रतियोगिता र विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रमको साथमा अन्तराष्ट्रिय महिला दिवस मनाईएको हो । प्रमुख जिल्ला अधिकारी, पुर्व जिविस सभापती र विभिन्न विशिष्ट व्यक्तिहरुको संलग्नतामा सदरमुकाममा भव्य कार्यक्रमको आयोजना गरिउको थियो । कार्यक्रममा सहभागि वक्ताहरुले महिला अधिकार कानूनमा मात्रै नभई व्यवहारमा समेत लागु हुनुपर्नेमा जोड दिएका छन् ।  


यसै क्रममा सामाजिक चेतना तथा विकास संघ (साडा), बैतडी ले जिल्लामा आफुले काम गरिरहेका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्था, परियोजना र स्थानीय तहहरु संगको सहकार्यमा विभिन्न कार्यक्रमका साथ दिवस सम्पन्न गरेको छ । साडा नेपालले जिल्लाका मेलौली नगरपालिका शिवनाथ गाउँपालिकाहरुमा सम्वन्धित स्थानीय तह र त्यस क्षेत्रमा क्रियाशिल संस्था र परियोजनाले खास गरी साडा नेपाल द्वारा संचालित पहल कार्यक्रम, द्वारिका देवी ठगुरानी स्मृति प्रतिष्ठान र ग्रामिण जलश्रोत व्यवस्थाापन परियोजना संगको सहकार्यमा विद्यालय स्तरीय वक्तृत्वकला कार्यक्रम र महिला समुहहरु वीच डेउडा प्रतियोगिता गराई महिला दिवस मनाईको साडा नेपालका कार्यक्रम संयोजक हर्कबहादुर ऐरले बताए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!