बैतडीमा दाहसंस्कार गरेर पौडी खेल्ने क्रममा नदीमै बालक वेपत्ता

Posted on: 08 Mar, 2018

नरी बडु | फागुन २४, बैतडी | छिमेकीको दाहसंस्कार गरी माहाकाली नदीमा पौडी खेल्दै गर्दा बैतडीको शिवनाथ गाँउपालिका– १ बछेडीका संकरसिह धनाडीका १३ वर्षीय छोरा उत्तम धनाडी बगेर वेपत्ता भएका छन् ।

महाकालीको ठाँड घाटमा छिमेकीको दाहसंस्कार गरी नुहाउने क्रममा बिहिबार दिउसो धनाडी बगेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ । प्रहरी र स्थानीयको पहलमा वेपत्ता बालकको खोजिकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!