बैतडीमा भालुको आक्रमणबाट महिला गम्भीर घाइते

Posted on: 06 Mar, 2018

नरी बडु | फागुन २२, बैतडी | भालुको आक्रमणबाट बैतडीमा एक महिला गम्भीर घाइते  भएकी छन् । दशरथचन्द नगरपालिका–४, खोली जर्गका शंकरदत्त पाण्डेयकी ५५ वर्षीया श्रीमती शारदा पाण्डेय (झुपा) भालुको आक्रमणबाट गम्भिर घाइते भएकी हुन् । 

गाउँ नजिकैको कोटकला जंगलमा बाख्रा चराउने क्रममा मंगलबार बिहान ११ बजे भालुले आक्रमण गरेको हो । घाइते पाण्डेयको घाटी, हातखुट्टामा गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  पछाडीबाट एक्कासी आक्रमण गर्दा घाइते भएकी हुन् ।

घाइतेको जिल्ला अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि धनगढी रिफर गरिएको छ । घाइतेलाई जिल्ला वन कार्यालयले राहत स्वरुप तत्काल १० हजार रुपैयाँ दिएको जिल्ला वन अधिकृत प्रभात सापकोटाले जानकारी दिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!