बैतडीमा आगलागी

Posted on: 03 Mar, 2018

फागुन १८, बैतडी (रासस) | बैतडीको पाटन नगरपालिका–९ भट्यारीमा ध्वजबहादुर विष्ट र मानबहादुर विष्टको जोडिएको घरमा आगलागी हुँदा रु पाँच लाख बराबरको क्षति भएको छ । 

घरमा रहेको सौर्यबत्तीको ब्याट्री पड्केर आज अपराह्न ४:३० बजे आगलागी हुँदा पूर्णरुपमा क्षति भएको इलाका प्रहरी कार्यालय पाटनका प्रनानि वीरभद्र खडायतले जानकारी दिनुभयो । 

आगलागी भएको एक घण्टापछि प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!