बैतडीमा जिपको ठक्करबाट एक बालकको मृत्यु

Posted on: 28 Feb, 2018

फागुन १६, बैतडी | जिपको ठक्करबाट बैतडीको दशरथचन्द नगरपालिका– २ देहीमाण्डौंमा बुधबार एक बालकको मृत्यु भएको छ । सतबाँजबाट सदरमुकाम आउँदै गरेको से १ ज ३८९ नम्बरको जिपले ठक्कर दिँदा दशरथचन्द नगरपालिका–२, देहीमाण्डौंका हर्क बोहराका छोरा ७ वर्षीय बिवेकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घटनास्थलमै बालकको मृत्यु भएपछि आफन्तलगायत स्थानीयको भीड जम्मा हुँदा सडक यातायात ठप्प भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरिक्षक  राजेन्द्र बहादुर सिङले जानकारी दिनुभयो । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!