बैतडीका युवा र अधिकारकर्मीले गरे सिरिया नरसंहारको बिरोध

Posted on: 27 Feb, 2018

नरी बडु/फागुन १५, बैतडी । सिरियामा भएको नरसंहारको बैतडीका मानव अधिकारकर्मि र युवाहरुले विरोध गर्दै बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्या र दमनको बिरोध गरेका छन् ।


मंगलबार साँझ बैतडी जिल्लाको सदरमुकाम गोठलापानी चोकमा इन्सेक, रेडक्रस, युएनएफपीए, युवा समिती, बाल अधिकार सञ्जाल, पत्रकार र आम सर्वसाधारणहरुले बिरोध रभा गरेका हुन् ।

मानवताका नाताले विश्वका हरेक नागरिकहरुले सिरियाका बालवालिका, महिला र निर्दोष नागरिकहरुको हत्याको बिरोध गर्नुपर्ने अधिकारकर्मिहरुको भनाई छ ।

बालवालिका भविश्यका कर्णधार भएकाले उनिहरुको दमन चाहे विश्वको जुनसुकै मुलुकमा भएपनि रोक्नुपर्ने जिल्ला बाल सञ्जाल बैतडीकी अध्यक्ष निशा भट्टको भनाई छ ।

मानवताका नाताले सिरियामा भएको नरसंहारको बिरोध गर्नुपरेको जिल्ला युवा समितिका अध्यक्ष सन्तोश जोशीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!