७५ वर्षिय वृद्धाले नागरिकता वुझदै भनिन् –“अव मैले पनि भत्ता पाउछु”

Posted on: 03 Jan, 2018

माधव बेल्वासे/पुस १९, कपिलवस्तु । उमेरले थलिएको शरीर, कपाल सेतै फुलेको,चाउरी परेको अनुहारमा एकाएक खुसी छाएको थियो । 

श्रीमान जयसराम अहिर सग चन्द्रौटा इलाका प्रशासनका कार्यलयको अगाडी उनी रहेकी थिइन । ७५ वर्षीय हुदा सम्म उनलाई नेपाली नागरिकता कस्तो हुन्छ भन्ने थाहा पनि थिएन ।

कपिलवस्तुको विजयनगर गाउपालिका  १ गुगौली निवासी धनपाती अहिरले ७५ बर्षीको उमेरमा नेपाली नागरिता प्रमाण पत्र पाइन । इलाका प्रशासन कार्यलय चन्द्रौटा वाट वुधवार उनले नागरिकता पाएकी हुन । गाउपालिकाको सिफारीस पछि श्रीमान जयसराम अहिरले उनलाई चन्द्रौटा इलाका प्रशासनमा ल्याएर आएका थिए । 

 कपिलवस्तुको विजयनगर गाउपालिका  १ गुगौली निवासी ७५ वर्षिय धनपाती अहिरले नेपाल नागरिकता वुझदै । तस्बिर: माधव बेल्वासे

नागरिकता नहुदा विभिन्न सेवा सुविधा वाट वन्चीत हुदा सम्म उनलाई केही थाहा थिएन । नेपाल सरकाारले के के कति सुविधा दिन्छ भन्ने उनलाई अहिले सम्म पनि थाहा छैन ।

वि श २००० मा जन्म भएको अहिरले अव नागरिकता बनेपछी भत्ता पाउने भएकी छिन । 

आफु भन्दा कम उमेरकाहरुले भत्ता पाउदा उनको नागरिकता थिएन ।गाउलेहरुले वृद्धा भत्ता पाईन्छ भने पछि श्रीमानले उनलाई नागरिकता बनाउने योजना सहित वडामा गएको वताए ।

सरकारले भत्ता दिने भएपनि नागरिता नहुदा वन्चीत हुनुपरेको उनको भनाई रहेको थियो । इलाका प्रशासनका प्रमुख जगदिश अर्यालले वृद्धा नागरिकता बनाउन आएको थाहा पाएपछि कार्यक्रमवाट छिटै कार्यलय तर्फ फर्किएको वताए । 

कार्यलय आइपुग्दा साझ ५ वजेको थियो ति वृद्धाले अर्यालको पर्खाईमा थिइन तर कार्यलय समय सकिएको भएपनि प्रमुख अर्यालले वृद्धाले नागरिकता वनाईदिए । नागरिकता वुझ्दै वृद्धाले खुसी हुदै भनिन् “अव मैले पनि वृद्धा भत्ता पाउछु” ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!