साँढे गोरुको अक्रमणबाट १३ बर्षीय बालिकाको मृत्यु, ८ जना घाइते

Posted on: 31 Dec, 2017

माधव बेल्वासे/पुस १६, कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपलिकामा साँढे गोरुको अक्रमणबाट एक बालिकाको मृत्यु भएको छ ।  

साडेको अक्रमणबाट महाराजगञ्ज नगरपालिका वडा नं ३ का द्धावारीका गुप्ताको १३ बर्षीय छोरी जानकी गुप्ताको मृत्यु भएको स्थानयि बृजेश यादवले जानकारी दिनुभयो ।

साडेको अक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन । त्यस्तै बगाहियाका सुसु भनिनेको ढाड भचिएको छ । उनको भारतको लखनाउमा उपचार भइरहेको रामबली यादवले बताउनुभयो । 

त्यस्तै साडेले उनलवालियमा दुई जना घाइते बनाएको छ । गौडहवामा पनि चार जना घाईते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जानकारी दिएको छ ।

साढेले बाटोमा हिडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको मनोवर धुनियाले बताउनु भयो । यता महाराजगञ्ज नगरपालिकाले साँढेलाई नियान्त्रण गर्नका लागि प्रहरी जवान, पशु सेवा कार्यालयका कर्मचारी लगायतलाई परिचालन गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!