लैङ्गिक उत्तरदायी बजेट प्रणाली तालिम शुरु

Posted on: 29 Dec, 2017

पुस १४, कालीकोट । लैङ्गिक उत्तरदायी बजेट प्रणाली शुद्धिकरणका लागि दुई दिने तालिम शुक्रबारदेखि मान्ममा शुरु भएको छ । कर्णाली क्षेत्रमा सुशासन तथा परिर्वतनका लागि आवाज उठाऔं मौनता तोडौ भन्ने मुल नाराका साथ मान्ममा जनप्रतिनिधि, सरोकारवाला र नागरिक समाजका प्रतिनिधीका लागि तालिम आयोजना गरिएको हो ।

ग्रामीण विकास नेपाल आरडिएन  कालिकोटको सहजिकरण, सेडा नेपालको नेतृत्व र  गोभरमेन्स फेसिलिटिको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । ग्रामीण विकास नेपाल आरडिएन कालिकोटका अध्यक्ष रवीन्द्रबहादुर शाहीको अध्यक्षता र खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा तालिमको उद्घाटन गरिएको हो ।

तालिममा बोल्दै प्रमुख अतिथि पाण्डेले अबको समाज सुशासन र पारदर्शितामुखि समाज हुनु पर्ने बताए । उनले राज्यका हरेक निकायमा लैङ्गिक तथा उतरदायीमुखि बजेट ल्याउन अव कालिकोटका ९ वटै स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान पु¥याउनु पर्ने बताए । हरेक नतागरिकको सूचनाको हक मानव अधिभकारमुखि समाज निर्माण गरि व्यवहारिक रुपमा कार्यन्वयन सवैको भुमिका जरुरी भएको बताए । कार्यक्रममा सहभागिहरुले अव कालिकोट जिल्लाका ९ वटै स्थानीय तहमा लैंङ्गिक उत्तरदायि बजेट ल्याउन आग्रह गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!