बैतडीमा शिक्षक कुटपीटको घटना कान समातेर उठबसपछि मिलापत्र

Posted on: 27 Dec, 2017

नरी बडु/पुस १२, बैतडी । जिल्लाको पुचौँडी नगरपालिका– ८ मल्लादेहीका शिक्षक गणेश साउदलाई कुटपीट गरी घाईते बनाउने व्यक्तिले सबै गाँउलेहरुको उपस्थितिमा गल्ती स्यूकार गरी आजउपरान्त घटना नघटाउने भनि कान समातेर उठबस गरेपछि घटना मंगलबार मिलापत्र भएको छ ।

गएको पुष २७ गते विद्यालयबाट घर फर्कदै गरेका शिक्षकमाथि कुटपिट गर्नेलाई वडा कार्यालयमा कान समातेर उठबस गराईएपछि घटना मिलापत्र भएको वडा अध्यक्ष जनक विष्टले बताए । शिक्षक साउदलाई स्थानीय बिरसिह साउदले कुटपीट गरी घाईते बनाएका थिए ।

घाईते शिक्षक कैलालीको घनगढी स्थित सेती अञ्चल अस्पतालमा उपचार गरी फर्केपछि घटना मिलापत्र भएको हो । पुरचौंडी नगरपालिका–८ का करीब एक सय ५० जनाको उपस्थीतिमा दण्ड स्वरुप आरोपीलार्ई तीन चोटी कान समातेर उठबस गराइएको हो ।

स्थानीय प्रहरी चौकीले दुई हप्ता अघि देखि मिलाउन नसकेको उक्त घटना वडा अध्यक्ष जनक बिष्टले दुबै पक्षको सहमती अनुसार नै कान समातेर उठबस गराउँदै टुंग्याएको बताएका छन् ।

पुरचौडी नगरपालिका–१० स्थीत गलेश्वर माबिका शिक्षक साउदले घर फर्किर्दै गर्दा बाटो पर्खेर बसेका स्थानीय बीर सिंह साउदले कुटपिट गरेको भन्दै स्थानीय पुरघाट प्रहरी चौकीमा पुष २८ गते उजुरी दिएका थिए । 

धनगढी गएर उपचार गराएको रु ३५ हजार रकम तिर्न सोमबार पुरघाँट चौकीमा दुबै पक्ष बसेर सहमतीको प्रयास गरेपनि सफल हुन नसक्दा पीडित पक्षले इलाका प्रहरी कार्यालय पाटन आउने तयारी गरेको थियो ।

वडा कार्यालय र पीडितले उपचारमा लागेको ३५ हजार तिर्ने अथवा पाँच चोटी कान समातेर उठबस गर्ने विकल्प दिएपछि कुटपिट गर्ने साउदले स्थानीयको अगाडि कान समातेर उठबस गरेका हुन् ।

पीडकले रु १० सम्म तिर्नसक्ने सहमती जनाएपनि उक्त रकम आफूले नलिएको शिक्षक गणेश साउदले बताए । दुबै पक्षलाई राखेर उनिहरुकै चाहना अनुसार मिलापत्र गराएको अध्यक्ष बिष्टले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!