बैतडीका प्रहरीले यसरी प्रमाणित गरे आफ्नो इमान्दारिता

Posted on: 18 Oct, 2017

नरी बडु | कात्तिक १, बैतडी | बैतडीको दशरथचन्द नगरपालिका– १० बाराकोटका नरेन्द्र बुढाल भारतको मुम्बै एयरपोटमा काम गर्छन् । उनी आफ्नी पत्नी ज्योती भण्डारीका साथ तीहार मनाउन नेपाल फर्किए ।

बैतडीको जुलाघाट नाकाबाट नेपाल आएका उनले जुलाघाटको यात्रु प्रतिक्षालयमा विश्राम गर्दा आफुसंग रहेका झोलाहरुमध्ये एक थान झोला  सोहि ठाँउमा विर्सिए । उनको झोलामा पाँच तोला सुनका गरगहनाहरु पनि थिए । उक्त झोला मंगलबार बेलुका जुलाघाट प्रहरी चौकीको गस्ती टोलिले फेला पार्यो । झोलामा सुनका गरगहनाका साथ नरेन्द्र बुढालको परिचयपत्र पनि भेटिएपछि प्रहरीले उनलाई फोन सम्पर्क गरी गहना फेला परपेको बताए । लामो समयपछि फर्किएका नरेन्द्र दम्पत्ति तीहारको समयमा साढे पाँच तोला सुन हाराएपछि दुखि नहुनेत कुरै भएन् । तर प्रहरीले सुन फेला पारेको खबर सुनेपछि उनिहरु खुसिले गद्गद भए ।

माथिको तश्विरमा: यात्रु प्रतिक्षालयमा फेला पारेको साढे पाँच तोला सुन फिर्ता गर्दै जिल्ला प्रहरी कार्यालयको टीम र सहायक प्रमुख जिल्ला अधिकारी | 

बुधबार नरेन्द्र बुढाल र उनकी पत्नी ज्योती भण्डारीलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमानै बोलाई प्रशासन र पत्रकारहरुको रहोबरमा बुझाईदिए । हराएका गहना बुझ्दा निकै खुसि देखिएका उनले बैतडी प्रहरी प्रशासनलाई धन्यवाद दिनुका साथै । प्रहरीको इमान्दारिताको खुलेरै प्रसंसा गरे ।

“घरपरिवार र ससुरालीमा तीहार मनाउन मुब्बैबाट आएका हामीहरुको सुन हराएपछि होसै थिएन् । तर प्रहरीले फेला पारि बुझाउदा निकै खुसि भयौ” ज्योती भण्डारीले भनिन् ।

 प्रहरीलाई धन्यवाद दिन नरेन्द्रका सुसुरा अर्थात ज्योतीका बुबापनि जिल्ला प्रहरी कार्यालयमानै पुगे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरिक्षक हेरम्ब शर्माले सुन पाउने प्रहरीलाई रेकर्डमा देखिने गरी पुरुष्कार दिने घोषणा समेत गरे । “गस्ती प्रहरी टोलिको इमान्दारीतालाई उच्च कदर गर्दै रेकर्डमा देखिने गरी पुरुष्कार दिछौँ” शर्माले भने । हराएको सुन भेटिएपछि नरेन्द्र दम्पत्तिको  तीहार रमाईलो हुने भएको छ ।

यस्तै जिल्ला प्रहरी कार्याल, बैतडीले बुधबारनै विभिन्न समयमा भारतबाट ल्याईदै गरेका बरामद पटकाहरु पनि नष्ट गरेको छ ।  भारतको बजारबाट तीहारको समयमा ल्याउन लागिएका बरामद विभिन्न थरिका पटकाहरु प्रहरीले प्रशासन र पत्रकारहरुको रहोबरमा आजै नष्ट गरेको छ । पडकाले मानव स्वास्थ्यमा नकारात्कम प्रभाव पार्नुका साथै दुर्घटनापनि निम्त्याउन सक्ने भएकाले बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


तश्विरमा: बरामद पटका नष्ट गर्दै बैतडी प्रहरी | 

यस बिषयमा तपाइको प्रतिक्रिया...!